• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

    2.3K
    SHARES



    काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

    काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मृत्यु हुने ४ महिला र ३ पुरुषमध्ये ६ जना भारतीय नागरिक र १ जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

    चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १ सय मिटर दक्षिणतर्फको खोलामा खसेको भनिएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

    उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डीएसपी क्षेत्रीले बताएका छन् । दुर्घटनापछि बसका चालक भने फरार रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ