• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्याजमा कालोबजारी, १७ जना कार्वाहीमा

    2.5K
    SHARES



    काठमाण्डौ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा प्याजको अभाव हुनथालेको छ ।

    काठमाण्डौको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।

    कालीमाटी बजारमा दैनिक एक सय मेट्रिक टनसम्म प्याज आउने गरेकोमा अस्ति सोमवार र हिजो मङ्गलवार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

    ‘दैनिक औसत ९० देखि सय मेट्रिक टनसम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ । गएको आइतवार ४७ मेट्रिक टन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उनले भने ।

    यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकोमा भारत सरकारले गएको शनिवारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।

    बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ ।

    ‘भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छु’, उनले बने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।’

    भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिपनि देखिएको छ ।

    पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ जना तरकारी व्यापारीलाई कारबाही पनि गरेको छ भने थप केही व्यापारीमाथि अनुसन्धान चलिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ