• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि

    1.5K
    SHARES



    काठमाण्डाै । सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ ।

    आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।

    साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन गाउँथे । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उनले जनवादी गीत गाउन थालेका हुन् ।

    टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई…, आँधी खाेलैले, बसाइँ हिँड्नेकाे ताँतीले, रातकाे अनिँदाे’ लगायत थुप्रै चर्चित गीतहरू छन् । उनको २ वर्षअघि निधन भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ