• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धादिङ बस दुर्घटना : गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन

    1.6K
    SHARES



    काठमाडौँ । धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ ।

    धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको बताएका छन् ।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली पनि पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ