• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन

    3.5K
    SHARES



    काठमाण्डौ। काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् ।

    पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

    भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन । अरुलाई हान्न सक्ने भएकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

    भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ । भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो । मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ