• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल प्रज्ञा प्रतिष्ठानको हल अब अनलाइनबाटै बुकिङ गर्न सकिने

    1.5K
    SHARES



    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले अनलाइनबाटै हल बुकिङ गर्न सकिने सेवा सुरु गरेको छ ।

    प्रयोगकर्ताका लागि ‘हल ई बुकिङ सेवा’ खुला गर्दै प्रतिष्ठानले यसको सुरुआत गरेको हो । यससँगै कार्यालयमै पुगेर हल बुकिङ गर्नुपर्ने बाध्यता हटेको प्रतिष्ठानले जनाएको छ । यो सेवाबाट हल भाडामा लिने प्रयोगकर्तालाई छिटो, छरितो सेवा उपलब्ध हुनेछ ।

    सिल्भरगेट सफ्टवेयर प्रालिले तयार पारेको हल ई बुकिङ साइट अहिले पूर्ण रूपमा सञ्चालनमा आइ नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) करुण थापाले बताए ।

    “हल बुकिङ गरेर ईसेवाबाट ठूलो रकम भुक्तानी गर्न नमिल्ने भएकाले अहिले यो सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन,” उनले टेकपानासँग भने, “सिस्टममा कनेक्ट आईपीएस जडान गरेपछि यो समस्या पनि समाधान हुनेछ ।”

    अनलाइन हल बुकिङ सेवा बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म मात्र उपलब्ध हुनेछ । त्यस्तै फागुन ९ गते, असार ९ गते र असार २९ गते प्रतिष्ठानको आफ्नै कार्यक्रम हुने भएकाले ती दिनमा पनि हल बुकिङ सेवा बन्द हुनेछ । कार्यक्रम आयोजकले यहाँ क्लिक गरी अनलाइनबाट हल बुकिङ गर्न सक्ने छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ