• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कञ्चनपुरका विद्यार्थी आन्दोलित

    4.2K
    SHARES



    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा एक शिक्षकले छात्रामाथि दुर्गव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन ।

    भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन ।

    आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन । ३१ साउनमा शिक्षक जोशीले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गरेका छन ।

    आन्दोलनका कारण आइतबारको पठनपाठन समेत प्रभावित भएको छ । शिक्षक(गुरु) बिरुद्धमा विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि घटना ठुलै भएको थप आशंका गरिएको छ ।

    विद्यालयले छात्रामाथि दुर्व्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३१ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए ।

    विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए । शिक्षक कर्मचारीले पढाउने गुरुबाट यस्तो कुदृष्टि दुर्नव्यवहार भएको दावि गरिएको छ । यद्यपी अब घटना प्रहरीको पोल्टामा पुगेको छ ।

    कञ्चनपुर प्रहरीले विद्यालयमा शिक्षक जोशी बिरुद्धमा आन्दोलन भएपछि पक्राउ गरेको छ । प्रहरी विद्यालयमै गएर शिक्षक जोशीलाई पक्राउ गरेर जिप्रका ल्याएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया