• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिममा आज पुतला र सिस्नो खेलेर बिसु पर्व मनाईंदै

    427
    SHARES



    अछाम। सुदूरपश्चिममा आज पुतला खेलेर बिसु पर्व अर्थात् नयाँवर्ष धुमधामका साथ मनाइदै छ । सुदूरपश्चिमका दिदीबहिनीहरूले गुन्यू, चोली र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर पौराणिक कथनमा गाउँदै नाच्दा सुदूरपश्चिममा बेग्लै रौनकता आउने गर्दछ ।

    पुतला नाच सुदूरपश्चिम चिनाउने एउटा (पर्व) हो जुन नयाँ वर्षमा खेलिन्छ । सुदूरपश्चिमका प्राय क्षत्रमा किशोरीहरू यस नाचमा सहभागी भएर एक आपसमा सुख दुख बाँड्दै पौराणिक कथन गाउने प्रचलन रहेको छ ।

    यहाँका गाउँघरमा पुतला नाच खेल्ने तथा देउडा खेल्न र पर्व मनाउने गरिएको छ । पहिले- पहिले सुदूरपश्चिम प्रदेशका पहाडी क्षत्रमा खेलिने पुतला (नाच) पछिल्लो समय बसाई सराइसंगै तराइमा पनि खेलिने गर्छ । सुदूरपश्चिम प्रदेशलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाउने गर्छन् । सुदूरपश्चिमका अछाम,डोटी, बझाङ तथा बाजुरालगायतका जिल्लामा समेत पुतला खेल (पर्व) मनाउने गरिन्छ ।

    पुतला नाच खेल्दै छोरीले आमा बुबाबाट अर्थात् माइती घरबाट बिदाई हुँदा उसलाई लाएको दुःख वा माइतीले छोरीलाई पठाउँदै गर्दा उसलाई खुसी बनाएर पठाउन खोज्दाको कुराकानीको शृङ्खलाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पौराणिक कथनमा भाका हालेर गाइने यो खेलमा सिस्नो पनि खेल्ने गरिन्छ ।

    खेलको मध्य भाग तिर महिलाको पहिरनमा आउने पुरुष र अर्का पुरुषको एउटा जोडी बनाएर नाच्ने गर्छन् । उक्त जोडी आउनुभन्दा पहिला सिस्नो चिलाएर ठाउँ खाली बनाउने गरिन्छ । यो रमाइलो जोडी नाचिसके पछि बाक्लो कपडाले पुरै जिउ छोपेर दुवै हातमा लठ्ठी टेक्दै एउटा ठुलो र अर्को सानो एक जोडी आउने गर्दछ । जसलाई  स्याल र बाघ (स्याल-बाघ) भनिन्छ । स्याल र बाघको डर र आक्रमणको घमासान युद्ध झन् रमाइलो हुने गर्छ । यो युद्धमा कम्जोर माथि आक्रमण हुन्छ एउटा भाग्छ, अर्को लखेट्द्दै खेलबाट बाहिरिन्छ । तेस्पछि जौगेडी एउटा फरक भाकामा गाइएने गीत) लगायतका फरक खुट्टाको चाल र फरकफरक भाकामा गीतहरू गाइन्छ ।

    ….. पुतला रहिदिन पहेले सुरु भएर प्राय बैशाख १ मा अथवा कुनै कारणवश ढिलो भए बैशाख ५ मा सकिन्छ, अन्तिम दिनमा पुराना धारा, पाटी पौवा नजिकै बिधिपुर्बक एक बर्षका लागि थन्काउने चलन छ जसलाई पुतला सेलाउने भनिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया