• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्न शीर्ष नेताबिच सहमति

    1.2K
    SHARES



    कैलाली। सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्न शीर्ष नेताबिच सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज भएको छलफलमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

    नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीका अनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिम दिन हो । नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने बताइएको छ । जसपाले आज नै दाबी पेश गर्ने कैलाश चौधरीले जानकारी दिए ।

    यस्तै, विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् ।

    सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे ।

    सभामुखले भने-‘माननीय सदस्यहरूलाई अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकर्षण गर्न चाहन्छु । आज हामी जरुरी विषयमा मात्र प्रवेश गर्ने कुरामा यहाँहरू जानकार हुनुहुन्छ । त्यहाँ हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? त्यसले गर्दा यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहोऊँ । जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौँ । त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु ।’

    सभामुखले आजको बैठकको कार्यसूचीमा रहेको क्रम सङ्ख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया