• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

राजीनामा दिंदै सुदूरपश्चिमका मुख्यमन्त्री, बोलाए आकस्मिक बैठक

3.2K
SHARES



काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने भएका छन् ।

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री साह राजीनामा दिन लागेका हुन् ।

पदबाट राजीनामा दिने तयारीमा रहेका मुख्यमन्त्री शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक पनि बोलाएका छन् ।

यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाहले दलको बैठकपछि प्रदेश प्रमुख नजिर मियाँ कहाँ राजीनामा दिन लागेका हुन् ।

दलको बैठकमा सहभागी एक जना सांसदले आकस्मिक रूपमा बैठक बोलाएको बताए । यसअघि कांग्रेस संसदीय दलको बैठक बिहान बसेको थियो । तर त्यस बैठकमा निर्णय गर्ने अधिकार दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई दिइएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ