• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल एयरलाइन्सले दमाम-काठमाडौं रुटमा उडान गर्दै, कति लाग्छ भाडा ?

    3.3K
    SHARES



    काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने भएको छ ।

    राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको हो ।

    उक्त गन्तव्यका लागि कम्पनीले आजबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनका अनुसार दमाममा भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भनिएको छ ।

    यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप मागअनुसार गन्तव्य विस्तार गरिने पनि पौडेलले बताए । काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

    दमाम-काठमाडौंका लागि भने ५ सय ९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य पनि हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ