• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    र्‍यापर साकारको म्याजिक यी ३ देशको युट्युब ट्रेन्डिङमा

    9.3K
    SHARES



    काठमाडौँ । ‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारको नयाँ गीत ‘म्याजिक’को भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा रहन सफल भएको छ ।

    ८८ सेभेज गड फिचर्ड भिडियो केही दिन अगाडि सार्वजनिक भएको थियो । ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन् ।

    साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ५ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ । ६ दिन अगाडि रिलिज भएको भिडियाले नेपालमा साढे ६ लाख बढी भिउज पाएको छ । साकारको एल्बम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि ‘म्याजिक’ सार्वजनिक गरेका हुन् ।

    ‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा रहन सफल भएको थियो ।

    साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए । ‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु । यो गीतमा दर्शकले र्‍याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ । यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ।’

    एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो भने भिदियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ । भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ । साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम पनि गर्दैछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ