• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गण्डकी

    पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा मेयरको पुत्ला दहन

    3.3K
    SHARES



    पोखरा । पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।

    मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।

    आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो ।

    आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।

    महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ