• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    दलितसँग बिबाह गरेपछि बलात्कारको मुद्दा, १५ दिनदेखी थुनुवामा

    12.7K
    SHARES



    काठमाडौँ। अन्तरजातीय प्रेम विवाह गरेकै कारण एक पुरुषले बलात्कारको मुद्दा खेप्नुपरेको छ ।

    गोरखा आरुघाट गाउपालिका वडा न १० का सन्तोष नेपाली र धादिङ निलकण्ठ नगरपालिका वडा ११ कि बबिता श्रेष्ठले आफ्नो करिव २ बर्षको प्रेम सम्बन्धलाई २ महिना अघि बिबाहमा परिणत गरेपछी नेपालीलाई बलात्कारको मुद्दा हालिएको हो । उमेरले दुवै जना १८ बर्ष मात्र काटेका थिए ।

    उनीहरुले परिवारलाई थाहै नदिई मन्दिरमा बिबाह गरेका थिए भने विवाह गरेकै कारण अहिले सन्तोष कारागारमा रहेका छन् । बिबाह पश्चात उनीहरु दुवै जना सन्तोषको दिदी दाईसगै काठमाडौंमा बिगत २ महिनादेखि बस्दै आएका थिए ।

    बबिताका परिवारले उनलाई सानो जातसंग बिबाह गरेको भन्दै दबाब दिएर बलात्कारको मुद्दा हाल्न लगाएको नेपाली परिवारको आरोप छ ।

    अहिले सन्तोष नेपाली कालिमाटी प्रहरीमा १५ दिन देखी हिरासतमा रहेका छन । सामाजिक सञ्जालमार्फत चिनजान भएका उनीहरुले प्रेम बिबाह गरेपछि परिवारले झुठो बलात्कार मुद्दा हालेको नेपालीको परिवारले बताएका छन् ।

    केटीको परिवारले सानो जातसंग बिबाह गरेको भनेर झुट्टा मुद्दा लगाएर सन्तोषलाई फसाएको भन्दै परिवारले न्यायको लागि सबैमा अपिल गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ