• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

3.6K
SHARES



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

जसअनुसार सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको छ ।

बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ ।

इच्छुक उम्मेदवार असार १० गतेदेखि अनलाइन आवेदन दिन सक्नेछन् । दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ