• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    जनमैत्री सहयोगी समाजले यसरी सुरु गर्‍यो लागुऔसध बिरुद्ध सचेतना अभियान (फोटोफिचर)

    12.2K
    SHARES



    काठमाडौँ, २० जेठ ।

    जनमैत्री सहयोगी समाज नेपाल, काठमाडौँले लागुऔसध दुरुपयोगबिरुद्ध बिद्यालय तथा युवा केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

    समाजले गृह मन्त्रालयको सहयोगमा लागुऔसध दुरुपयोग दुर्व्यसनी प्रभावित रहने सम्भावित क्षेत्रलाई लक्षित गरेर माध्यमिक तहमा अध्ययनरत बिद्यार्थी तथा युवा केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

    जनमैत्री सहयोगी समाजले समाजमा रहेको दुर्व्यसनीविरुद्ध समयमै सचेतना जगाउने उद्देश्यअनुसार बिद्यालय केन्द्रित कार्यक्रम गरिएको बताएको छ । कार्यक्रममा जनमैत्री सहयोगी समाजका सदस्यहरुले कार्यक्रम सहजीकरण गरेका थिए ।

    समाजका अध्यक्ष टेक बहादुर बोगटी “प्रबिण”ले अहिले समाजको प्रमुख सत्रुका रुपमा रहेको लागुऔसध दुर्व्यसनीले आगामी दिनमा बिकराल रुप लिन नपरोस भन्ने मूल लक्षका साथ आफुहरुले तत्कालका लागि लगुऔसध प्रभावित हुनसक्ने सम्भावित शहरी क्षेत्र काठमाडौँ केन्द्रित भएर यो अभियान सुरु गरिएको बताएका छन् ।

    आइतबार जनमैत्री सहयोगी समाजले बुढानिलाकण्ठस्थित पिक प्वाइण्ट एकेडेमी चुनिखेलबाट अभियानको सुरुवात गरेको छ । एकेडेमीको कक्षा ८, ९ र १० का युवा बिद्यार्थीहरुलाई लागुऔसध दुर्व्यसनीले समाज र व्यक्तिलाई कसरी नकारात्मक बाटोतिर लैजान्छ भन्नेबारे अभिमुखीकरण प्रशिक्षण दिएको हो ।

    समाजका अध्यक्ष बोगटीले बिषय प्रबेश गराएर सुरु गरेको उक्त प्रशिक्षण कार्यक्रममा गृह मन्त्रालय अन्तरगतको लागुऔसध नियन्त्रण इकाईका कार्यक्रम अधिकृत खडक बहादुर श्रेष्ठले प्रक्शिक्षण दिएका थिए ।

    कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । बिद्यार्थीसंगै अभिमुखीकरण कार्यक्रममा वडा नम्बर १३ वडाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, सदस्यहरु श्याम श्रेष्ठ र मंगल नगरकोटीले पनि सहभागीता जनाएका थिए ।

    यस्तै लागुऔसध बिरुद्धको अभियानमा बिद्यालयका शिक्षकशिक्षिकाहरुले पनि सहयोगीकाे भूमिका खेलेका थिए भने समाजले आफ्नो बिद्यालयमा आयोजना गरेको उक्त कार्यक्रमले युवा विद्यार्थीमा लागुऔसधले गर्ने असरबारे जागरण पैदा गराएको भन्दै संस्थालाइ धन्यबाद ब्यक्त गरेका थिए ।

    यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले संस्थालाई आगामी दिनमा आफ्नो नगरपालिका भित्रका अरु बिद्यालयहरुमा पनि यस्ता शिक्षणमुलक कार्यक्रम गरेर सचेतना फैलाउन र सभ्य समाज निर्माणमा भूमिका खेल्न आग्रह गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    समाजले आयोजना गर्ने आगामी कार्यक्रममा पनि सकेसम्मको सहयोग गर्ने प्रतिबध्दता जनाएका जनप्रतिनिधिले आफुहरु जहिले पनि सभ्य समाज निर्माणको अभियान चलाउने जो कोहीको कदमलाइ उच्च प्रकारको सहयोग गर्न तयार रहने बताएका छन् ।

    जनमैत्री सहयोगी समाजले यो हप्ता काठमाडौँका अन्य विभिन्न बिद्यालयहरुमा पनि लागुऔसध दुरुपयोग बिरुद्धको अभिमुखीकरण कार्यक्रम संचालन गर्ने जनाएको छ ।

    हेर्नुहोस कार्यक्रमका केही तस्बिरहरु

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ