• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत

    समीक्षाले गरिन् एकैदिन ७ गीत रेकर्ड, ट्रेन्डिङमा पनि जमाइन् कब्जा

    7.2K
    SHARES

    काठमाडौँ। पछिल्लो समय गायिका समीक्षा अधिकारीको सांगीतिक व्यस्तता बढेको छ । केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएयता उनको व्यस्तता बढेको हो ।

    हाल उनलाई गीत रेकर्ड गरेर भ्याइनभ्याइ छ । हिजो सोमबार मात्र उनले विभिन्न संगीतकारको संगीतमा एकैदिन ७ वटा गीत रेकर्ड गरिन् ।

    रेकर्ड भएका केही गीत सोलो हुन भने केही युगल गीत हुन् । उनले फोटो राख्दै ७ वटा गीत रेकर्ड गरेको जानकारी तस्विर राखेर आफ्नो फेसबुकबाट दिएकी छन् ।

    सूत्र न्यूजसँग कुरा गर्दै गायिका समीक्षा अधिकारीले हिजो आजसम्मकै सर्वाधिक गीत रेकर्डिङ भएको बताइन्। यसअघि भने उनले एक दिनमा बढीमा ४-५ वटा सम्म गीत गाएको बताइन् ।
    आजकल औषतमा ३-४ वटा गीतको रेकर्डिङमा हुने गरेको उनको भनाइ छ । ‘मलाई राम्रा-राम्रा गीतको प्रस्ताव आइरहेको छ र रेकर्डिङ भएका गीतहरु पनि राम्रो बनेका छन्’, उनले भनिन् ।

    बढ्दो व्यस्तताले आफूलाई खुशी मिलेको उनले बताइन् । गीत रेकर्डिङसँगै सागीतिक कार्यक्रमका लागि पनि प्रस्ताव आइरहेको र त्यसका लगि भने आफू तीजदेखि व्यस्त हुने गराइन् ।

    गत १ वर्ष एक विवादका कारण धेरै नै तनाव झेलेकी गायिका अधिकारीलाई सो तनाव मत्थर भएसँगै कामका अवसरहरुको थुप्रो लागिरहेको छ, जुन एकदमै सकारात्मक हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ