• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

    1.9K
    SHARES

    कैलाली । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

    सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या १ सय ३ पुगेको छ ।

    बैंकले गौरीगंगा न.पा.- ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

    यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सकिने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ