• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ढुंगेलको रिहाइ रोक्न परेको रिटबारे सर्वोच्चले गर्‍यो यस्तो फैसला

    21.8K
    SHARES



    काठमाडौं, १५ जेठ ।

    सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको सजाय मिनाहा गर्ने निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले उनी रिहा भइसकेको अवस्थामा अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश दिएको हो ।

    सर्वोच्चले ढुंगेलको रिहाइ कानुन विपरीत छ कि छैन भन्ने विषय मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुने भन्दै अहिले नै उनको रिहाइ रोक्न अन्तरिम आदेश दिनुनपर्ने आदेश दिएको हो ।

    सर्वोच्चको आदेशमा भनिएको छ ‘विपक्षी बालकृष्ण ढुंगेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषदसमेतबाट भएका सिफारिसहरु समेतका काम कारबाहीसमेत यसअघि यस अदालतको संवैधानिक इजलासबाट मिति २ि०७२/९/२३ मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिसहरु कारागार नियमावली २०२० को नियम २९ बमोजिम भएको छ छैन भन्ने विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुने नै हुँदा र नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५/२/१३ को बैठकको निर्णयानुसार सिफारिस भई आएका कैदीहरुमध्ये विपक्षी बालकृष्ण ढुंगेललाईसमेत सम्माननीय राष्ट्रपतिबाट बाँकी कैदल माफ दिई कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन । कानुन बमोजिम गर्नू ।’

    द्वन्द्वकालमा भएको व्यक्ति हत्याको घटनामा ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन् । उनलाई रिहा गर्न कारागार व्यवस्थापन विभागले सरकारलाई सिफारिस गरेको थियो ।

    यसैबीच ढुंगेललाई माफी दिइएकोमा नेपाली काँग्रेसले विरोध जनाएको छ । संघीय संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले ढुंगेललाई रिहा गरिएकोमा आपत्ति जनाए । ढुंगेललाई रिहा गरेर विधिको शासनको उल्लंघन गरिएको थापाले बताए ।

    थापाले भने, ‘बालकृष्णलाई चालनचलन ठीक छ भनेर आफूलाई लागेको निर्णय सरकारले गर्न पाउँदैन । यो गणतन्त्र हो । राजतन्त्र होइन । प्रधानमन्त्री ओली राजा होइबक्सन्न ।’

     जेलमुक्त भएपछि बालकृष्णले के भने ? उनकै शब्दमा जस्ताको त्यस्तै

    यस्ता अपराधीहरुले देशको गणतन्त्र हेरेर पश्चतापका आशुं बगाउछन् होला भन्ने सोचेको थिए तर पछि तिनै टाउकाका मूल्य तोक्नेहरु, संकटकाल लगाउनेहरु, नागर्जुङ्गका जंगलमा लगेर योद्धाहरु बेपत्ता पर्नेहरु मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो । कारागार म गए आज फेरी रिहा भएको छु । म न्यायालयको बेन्चबाट न्याय बलात्कार भएको बलात्कृत पात्र हुँ ।

    मेरो भागमा परेको गणतन्त्र अपहरणमा परेको बालकृष्ण ढुंगेल हुँ । अब अरु बालकृष्ण बन्न नपरोस कसैको पनि गणतन्त्र अपहरणमा नपरोस । म जस्तै अरु कसैको न्याय बलात्कृत नहोस ! म सर्बोच्च अदालतको बेञ्चमा बस्नुहुने सम्माननिय न्यायाधिशज्यूहरुलाई अनुरोध गर्न चाहन्छु । त्यो न्यायालयबाट जनताले न्यायको अपेक्षा गर्दछन ।

    बालकृष्ण ढुंगेलकै जस्तो न्याय बलात्कार गरेर अपराधि कसैलाई पनि नबनाइयोस । म सम्मान गर्छु उहाहरुको इजलासलाई, मलाइ अहिले सर्बोच्च अदालतमा मानहानिको मुद्दा छ ।

    मैले हजारौ पटक बोले होला म बाल कृष्ण ढुंगेल राजनीतिक योद्धा हु । म राजनीतिक आन्दोलनमा समाहित थिए । दश बर्षको जनयुद्दमा जति पनि घटनाहरु घटे, ति पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन् मेरा कुरा हैनन् । तर नत पत्रकार मित्रहरुले ति कुराहरुलाई लेखि दिनुभयो । न न्यायाधिशहरुले मिसिल पढि दिनुभयो। न ओकिल मित्रहरुले बहस गरि दिनुभयो ।

    सबैलाई चाहिदो रहेछ एक थाल भात, त्यो पनि मिठो स्वादको ! सबैलाई चाहिदो रहेछ एक गिलास रक्सि त्यो पनि निकै ठुलो ब्रान्डको ! मैले भात खुवाउन सकिन होला, मैले रक्सि पिलाउन सकिन होला । त्यसकारणले मेरो समाचार, समाचार बनेन तर म दिनेश त्रिपाठीलाई धन्यबाद दिन चाहन्छु । उहाँले पछिल्लोपटक बालकृष्ण ढुंगेलको मुद्दा राजनीतिक मुद्दा हो भनेर आफै लेख्नुभयो ।

    र आज प्रत्येक मिडियाका कभरेज फोटोहरुमा बालकृष्ण ढुंगेलको मुद्दा टीआरसी माफर्त हल गर्नुपर्छ । जेनभा कन्मेन्सन अन्तर्गत हल गर्नुपर्छ । यो सामान्य न्यायालयको मात्रै क्षेत्राधिकार भित्रको कुरा हैन । त्यस कारणले गर्दा यसलाई युद्द अपराधि घोषणा गर्नुपर्छ भनेर उनीहरुले नै भने । र मैले बच्चाबेला देखि नै सुन्दै आएको थिए अन्तत: सत्यको जित हुन्छ ।

    दिनेश त्रिपाठी र सुबोध प्याकुरेल जस्ता एक थाल भातका भतुवाहरुले पनि अन्तिममा आएर बालकृष्ण ढुंगेल योद्दा हो भनेर भने । त्यस कारणले मैले उनीहरुलाई धन्यबाद दिन चाहन्छु । सत्य ओकलिदो रहेछ । जिब्रोमा लुतो सल्किए जस्तै सकसक लाग्दो रहेछ । उहाँहरुले सक्सकाउदै सर्बोच्च अदालतमा रिट हालीदिनुभयो । त्यसकारणले आज प्रमाणित भयो । मैले बोल्नु परेन ।

    हाम्रो पार्टीका आदरणीय अध्यक्ष जनयुद्धका कमाण्डर प्रचण्डले बिज्ञप्ति निकाल्दा पनि बालकृष्ण ढुंगेलको मुद्दा राजनीतिक मुद्दा बनेन । तर आज आएर सुबोध प्याकुरेल जस्तो मान्छे जो मानबअधिकारको ठेकेदार हुनुहुन्छ । उहाँको स‌स्थाबाट निकालेको बिज्ञप्ति म पत्रकार, ओकिल, बिद्यार्थी, बुद्धिजिबी साथीहरु सबै लेखपढ गर्न सक्ने, जान्ने मित्रहरुलाई एक पटक अध्ययन गर्नका निम्ति अनुरोध गर्छु ।

    बेइमानी कति हुन्छ ? पैसाका निम्ति पैसा कमाउनका निम्ति ? बेइमानी गर्नेहरुलाई मानबअधिकारबादी हौ भन्ने छुट हुन्छ कि हुदैन ? म एउटा यो सहिद स्तम्भका अगाडी उभिएर प्रश्न गर्न चाहन्छु । म आज त्यति धेरै कुरा राख्ने पक्षमा छैन।  शहिदहरुको रगत बेचेर खान नपरोश, शहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुका भाबनामा लात हान्दै ठगेर खान नपरोस । जबसम्म यो धर्तीमा म बालकृष्ण जीवित रहन्छु । कसैलाई ठगे भनेर मैले आत्मगलानी भएर चाही स्लिपिङ् ट्याब्लेटसंग मेरो जिन्दगी साट्न नपरोस ।

    आज मुटु बिरामी जाच्ने मेसिन रहेछ, किड्नी बिरामी जाच्ने मेसिन रहेछ, तर आट जाच्ने मेसिन आएको दिन म त्यो मेसिनमा बस्न तयार छु । पाप जाच्ने मेसिन एक्सरे आयो भने म त्यो मेसिनमा बस्न पनि तयार छु । झुपडी र आगन छैन । मर्दा पोल्ने चिहान छैन। अझै हामी श्रमिकहरुको झुल्के घामको बिहान छैन ।

    अनबरत त्यही बिहानीको निम्ति लडिरहनुहुने सम्पूर्ण आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी अभिबादन गर्दै म पनि तपाइहरुसंगै अनबरत लडिरहनेछु । जबसम्म यो माटोमा ज्युदो रहनेछु भन्दै बिदा हुन्छु र शहिदहरुप्रति बेपत्ता योद्धाहरुप्रति र गणतन्त्रका निम्ति डालोको डालो पिठो सिध्याउने, कान्लाका कान्ला सिस्नो सिध्याउने सबै बाआमाहरुप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।  हवस अभिबादन !!

    जेलमुक्त भएपछि ओली-प्रचण्डको मुख्यालय पुगेर बालकृष्ण ढुंगेलले भावुक हुदैँ के भने ? भिडियोसहित

    उज्जन श्रेष्ठ हत्याको रिपोर्टः प्रत्यक्षदर्शी भन्छन्- छोरीमान्छे देख्नै नहुने, महाको गुण्डो थियो !

    माओवादी नेता बालकृष्ण ढुंगेल रिहा, डिल्लीबजारमा भव्य स्वागत

    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेलमुक्त हुने !

    आज ८१६ कैदीबन्दी छुट्दै, माओवादी नेता बालकृष्ण ढुंगेलको छुट्छन की छुट्दैनन?

    अन्ततः बालकृष्ण ढुंगेलले पाउने भए आममाफी, यस्तो छ गृहमन्त्री बादलको तयारी

    बालकृष्ण ढुंगेलकी छोरीले रुदै भनिन्ः खाल्टोमा गाडेको बुवाको फोटो सेनाले उधिनेर लग्यो !

    गृहमन्त्री बादलले जेलमै पुगेर सुटुक्क बालकृष्ण ढुंगेललाई भेटेपछि प्रधानमन्त्री कार्यालयमा खैलाबैला

    बालकृष्ण ढुंगेलकी छोरीले रुदै भनिन्ः खाल्टोमा गाडेको बुवाको फोटो सेनाले उधिनेर लग्यो !

    बालकृष्ण ढुंगेलले प्रचण्डलाई लेखेको कबिता भाइरल, कमरेड तिम्रो उचाई नापिएको खै ?

    बालकृष्णलाई जेल हाल्ने सावित्रीको कम्पनी कालोसूचीमा, अब के हुन्छ गुण्डा नाइके घैटेको लगानी ?

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ