काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४.३७, डिजेलमा ४.१६, मट्टितेल ३.४८, हवाई इन्धनमा २.९५ र ग्यासमा ३ सय ९.५१ रुपैयाँले घटेर आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले अरूमा नाफा भए पनि एलपीजी ग्यासमा अझै २ सय १८ रुपैयाँ घाटा भएको बताएका छन् ।
प्रतिक्रिया