• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

5.6K
SHARES



काठमाडौं । हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले हात पारेका छन् ।

बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरेका छन् ।

अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ