काठमाडौं । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ ।
यसपटक ३ ठाउँमा फेस्टिभल आयोजना हुने भएको छ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुँदै छ ।
प्रतिक्रिया