• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

भ्वाइस अफ नेपाल सिजन-५ को आवेदन खुल्यो, कसरी दिने आवेदन ?

3.1K
SHARES



काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को आवेदन खुला भएको छ ।

इच्छुकले वैशाख २३ गतेसम्म आवेदन दिनसक्ने निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । दशैंअघि प्रसारण योजना बनाइएको पाँचौं सिजनमा देश विदेशबाट जसले पनि आवेदन दिन सक्नेछन् ।

नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउन सकिने भएको छ । १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् ।

इच्छुकले उक्त ह्वाट्स एप नम्बरमा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्ने भएका छन् । ‘जुनसुकै राष्ट्रियताका व्यक्तिले आवेदन दिन सक्नेछन् तर नेपाली गीत-संगीत हुनुपर्‍यो,’ उनले भने ।

अहिले चलिरहेको भ्वाइस किड्स सकिएपछि यसका लागि प्रि-प्रोडक्सन सुरु हुने भनिएको छ । भ्वाइसका अघिल्ला चारैवटा सिजन लोकप्रिय भएका थिए । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट प्रसारण हुने गर्दछ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ