• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘यो घर मेरो पनि हो भन्ने लागेर आएँ’

    1.2K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन् । त्यहाँ भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले भने ।

    भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

    लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।

    पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि माओवादी नेकपा एमालेतिर लागेका थिए । भट्ट माओवादीभित्र प्रचण्ड निकट मानिन्थे । एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भट्ट एमालेतिर लाग्दा आफूलाई रातभर निद्रा नलागेको बताएका थिए ।

    सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा गएका थिए । भट्टको परिवारले प्रचण्डलाई फलफूल खुवाएको थियो । त्यहाँ केहीबेर आराम गरेपछि प्रचण्ड कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ