• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    श्रीमानको पूर्व प्रेमिकासँग राम्रो सम्बन्ध बनाउन सक्दिन : आँचल शर्मा

    3.5K
    SHARES

    काठमाडौं । नायिका आँचल शर्माको अभिनित चलचित्र आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ ।

    चलचित्रको प्रचारप्रसारमै उनको अधिकांस समय जाने गर्दछ । मिडियामा उनको अन्तरवार्ता र उनको बारेमा समाचारहरु आइरहेका छन् ।

    यसैबीच उनी यसै साता प्रकाश सुवेदी शोमा पुगिन् । त्यहाँ उनलाई कार्यक्रम प्रस्तोता सुवेदीले उनका श्रीमान् उदीप श्रेष्ठका पूर्वप्रेमिका सिपोरा गुरुङ्गको तस्बिर देखाएर सोधे-‘कुन रुपमा चिन्नुहुन्छ ?’

    जवाफमा उनले भलिबल खेलाडी हुन् भनेर त बताइन् नै साथै श्रीमानको पूर्वप्रेमिका हुन् समेत भनिन्। यद्यपि उनले पहिलेदेखि उदीप र सिपोराको सम्बन्धको बारेमा भने थाहा नपाएको बताइन् ।

    ‘पहिला म उदीपजी पनि चिन्दिनथेँ र सिपोरा गुरुङ पनि चिन्दिनथेँ,’ उनले भनिन्, ‘उदीपजीसँगको संगतपछि उनका एक्सहरू खोललिन्छ नि त !’

    सिपोरासँग आफ्नो कुराकानी नभएको तथा श्रीमानको पूर्व प्रेमिकासँग सम्बन्ध राम्रो बनाउनेसम्मको ठूलो मुटु नभएको उनले बताइन् ।

    ‘आफ्नो श्रीमानको एक्स गर्लफ्रेन्डसँग कसले सम्बन्ध राम्रो बनाउँछ?’ उनले प्रस्तोतालाई प्रतिप्रश्न गरिन्, ‘विपश्यना गएता पनि म मा त्यति ठूलो मुटुचाहिँ छैन ।’

    केही दिनअघि मात्र २५औं जन्मदिन मनाएकी शर्माले आफ्नो भने विगतमा कुनै प्रेमी नभएको बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ