• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिलको ‘हरितगृह ग्यास उत्सर्जन’ प्रतिवेदन सार्वजनिक

    1.3K
    SHARES

    काठमाडौं । नबिल बैंकले सन् २०२२ को हरितगृहत ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । नबिलले पूर्वाधार तथा परियोजना वित्त (आइपिएफ) शाखाअन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

    २०२१ मा ‘कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) हस्ताक्षरकर्ता मध्ये एक नबिलले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रको अंशका रूपमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    आइपिएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार तथा अन्य व्यावसायिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गर्छ। बैंकको दिगो बैंकिङ अभियानले आइपिएफ शाखाअन्तर्गत ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गर्न लक्ष्य तय गरेको थियो।

    नबिलका अनुसार कार्बन उत्सर्जन मूल्यांकनअनुसार २०२२ मा कूल उत्सर्जन ८० हजार ६ सय ७१ टन कार्बनडाइ अक्साइड बराबर भएको देखिएको थियो । योसँगै जलविद्युत र सौर्य ऊर्जामा भएको लगानीमा २ हजार १ य ३१ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बचेका थियो।

    नबिल प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्बन फुटप्रिन्ट घटाउन र पोर्टफोलियो दिगो बनाउन यो महत्त्वपूर्ण रकम भएको र अझै यसका सक्रिय भएर काम गरिरहेको बताए ।

    ‘यसका लागि सामूहिक पहल आवश्यक रहेको हामीले बुझेका छौं। हामी विश्वास गर्छौं हाम्रा लक्ष्य प्राप्त गर्न पारदर्शिता आवश्यक छ किनकि नेटट-शून्य कार्बन फुटप्रिन्टतर्फ हामीले प्राप्त गरेका प्रगतिमा नियमित जानकारी अद्यावधिक गर्न प्रतिबद्ध छौं,’ सिइओ ढुंगानाले भने।

    नबिल मुलुकको पहिलो निजी क्षेत्रको बैंक हो जो बैंकिङ उद्योगमा वित्तीय सेवा आविष्कार र दिगोपनमा अग्रसर छ। बैंकले स्थापना गरेको दिगो बैंकिङ इकाई पूर्णरूपमा नयाँ बैंकिङ संस्कृतिको दृष्टिकोण रहेको र जिम्मेवार बैंकिङ गर्ने चाहनाबाट जन्मिएको हो।

    आफ्ना कर्मचारीलाई कार्यालयभित्र र बाहिर दुवै ठाउँमा दैनिक जीवनमा दिगो अभ्यासका लागि प्रोत्साहित गर्ने र स्वच्छ ऊर्जा स्रोतमार्फत आफ्ना काम क्रमशः ‘डि-कार्बनाइज’ गर्ने नबिलले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया