• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

    1.8K
    SHARES

    काठमाडौं । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

    सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर रहेको छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

    वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरेको छ ।

    फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय रहेको छ ।

    अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा रहेको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका स्थानहरुमा फिल्म खिचिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया