• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै विजयी

    1.1K
    SHARES



    दोलखा। यहाँको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

    जिल्लाको कालिन्चोक गाउँपालीका ३ स्थित सिङ्गटीमा अवस्थित प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै निर्वाचित भएको हो ।

    आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा रुपेश अर्याल निर्वाचित भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक आर्टिस्ट मोक्तानले जानकारी दिए । अर्यालले ६३ मत प्राप्त गर्दा अनेरास्ववियुका बालकृष्ण ओलीले ३२ मत प्राप्त गरे ।

    अखिल क्रान्तिकारीबाटै कोषाध्यक्षमा लक्ष्मी ओली, सचिवमा गठबन्धको तर्फबाट नेविसंघका उम्मेदवार गुप्तराज मैनाली विजयी हुँदा सदस्यमा गठबन्धनको तर्फबाट हितबहादुर तमाङ, राजन नेपाली र सृष्टि पाण्डे निर्वाचित भएका छन् ।

    यस्तै, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ ।

    मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो ।

    समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताउनुभयो । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ ।

    काठमाण्डाै उपत्यकाका २२ मध्ये सात क्याम्पसमा आज मतदान भएन । पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ