• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    2.3K
    SHARES

    काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

    चुनावमा खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गरी निरौला अध्यक्षमा विजयीभएका हुन् । उनका प्रतिस्पर्धी अभिनेत्री रेजिना उप्रेतीले २ सय ९ मत प्राप्त गरे  ।

    यस्तै उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए ।

    यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २ सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २  सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । सदस्यमा शीतल केसी सर्वाधिक ३ सय २ मत ल्याएर विजयी भए ।

    अन्य सदस्यमा गोपाल ढकाल २ सय ८७, उद्धवप्रसाद भट्टराई २ सय ११, पवन केसी २ सय २, नम्रता खरेल एक सय ८७, पुकार भट्टराई १ सय ८२, खुश्बु खड्का एक सय ७७, सरिता राधोपाध्याय एक सय ४६, रोशन श्रेष्ठ एक सय ३५ र समीर लामा १ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ