News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमको नयाँ अफर

454
SHARES


काठमाडौँ। नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६ सय ३६’ प्याकेज उपलब्ध गराएको छ ।

कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको जनाएको छ । टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ ।

६ सय ३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १ सय  मिनेट कल गर्न सकिने छ ।

यस अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ ।

त्यसैगरी, प्रत्येक दिन ३ सय एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३ सय एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ रहेको छ ।

उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नु पर्नेछ । साथै, ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया