• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सबै सञ्चारमाध्यमबाट मदिराका विज्ञापन तत्काल हटाउन निर्देशन

    516
    SHARES


    काठमाडौँ। विज्ञापन बोर्डले तत्काल सञ्चार माध्यमबाट मदिराको विज्ञापन हटाउन निर्देशन जारी गरेको छ ।

    बोर्ड आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन भनेको छ ।

    मदिराका विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीलाई बोर्डले अनुरोध गरेको छ । बोर्डको निर्देशन विपरीत कोही कसैवाट त्यस प्रकारको विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाईएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानून बमोजिम कारवाही गरिने भनिएको छ ।

    ‘विज्ञापन बोर्डको मिति २०७९ साल फागुन २६ गते वसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ,’- विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ