News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन

कलाकार संघको अध्यक्षमा उप्रेती र निरौलाको प्रतिस्पर्धा

1.2K
SHARES


काठमाडौँ। आगामी चैत ४ गते हुने चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागि कलाकार रेजिना उप्रेती र मोहन निरौलाको उम्मेदवारी परेको छ ।

यसअघी कलकार तथा निर्देशक सबिन श्रेष्ठले पनी उम्मेदवारी दिने घोषणा गरेका भएपनि  उनी पछि हटेका छन् ।

त्यस्तै ७ जनाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

महासचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको पनि उम्मेदवारी दिएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया