News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गीत-सङ्गीत

ह्यारी स्टाइल्सले जब अष्ट्रेलिया कन्सर्टमा नेपालको झण्डा फहर्‍याए

667
SHARES


काठमाडौं । विश्वप्रसिद्ध पपस्टार ह्यारी स्टाइल्सले अष्ट्रेलिया कन्सर्टमा नेपालको झण्डा फहर्‍याएका छन् ।

सिड्नीमा आयोजित कन्सर्टमा उनले नेपालको झण्डासहित अन्य केही मुलुकको झण्डा फहर्‍याएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

‘वान डिरेक्सन’ ब्याण्डका पूर्वगायकले उक्त कन्सर्टमा अष्ट्रेलियाका आदिवासीको झण्डा पनि फहर्‍याएका थिए । ८० हजार जना दर्शक उपस्थित एकोर रंगशालामा उनले लाइभ कन्सर्ट गरेका थिए । उनले अष्ट्रेलियाका अन्य भागमा भएका कन्सर्टमा लैंगिक अल्पसंख्यकको सहित अष्ट्रेलियाको झण्डा पनि प्रस्तुत गरेक थिए ।

बेलायती गायक, संगीतकार र अभिनेता समेत रहेका स्टाइल्सले तीनवटा ग्रामी अवार्ड जितेका छन् । ‘डन्क्रिक’, ‘डन्ट वरी डार्लिङ’ र ‘माइ पोलिसम्यान’ उनका हिट फिल्महरु हुन् । यतिबेला उनी विश्व सांगीतिक टूरमा रहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया