• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ घटना

    1.8K
    SHARES

    काठमाडौं । शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यु, सुशान्त गल्फ सिटी, लखनऊमा अवस्थित छ । गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊको एक प्रहरी चौकीमा उजुरी दिएका छन् ।

    मिडिया विवरणअनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिएपनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरीबाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

    गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ । उनी बी–टाउनकी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रिटीको घर डिजाइन गरेकी छन् । लखनऊमा परेको उजुरीबारे गौरीलाई कुनै जानकारी छैन । उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन्, त्यसैले उनको नाममा पनि एफआईआर दर्ता गरिएको छ । यद्यपि गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ