News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

ॐ हस्पिटल र सिटिजन लाइफबीच विशेष छुट सम्झौता

415
SHARES


काठमाडौँ। काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सिटिजन लाइफ इन्स्योरेन्स बीच विशेष छुट सहित सेवा सम्बन्धी सम्झौता भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको प्रधान कार्यलयमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्सका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने उदेश्यले सम्झौता गरेको समाचारमा जनाइएको छ ।

सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्ससँग सम्वन्धित व्यक्तिहरु , इन्स्योरेन्समा आवद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा सहजरुपमा गरी लिन सक्नेछन् ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्ति र हटलाइन नम्वरको समेत व्यवस्था गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले पनि ॐ हस्पिटल सम्वद्ध सबैकालागि सुलभ र सरल रुपमा इन्स्योरेन्स सेवा प्रदानगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया