• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    क्लासिक डान्सर डा.कनक रेलेको निधन

    1.7K
    SHARES



    मुम्बई । पद्यभुषण र पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन भएको छ ।

    रेलेको ८५ वर्षको उमेरमा मुम्बईमा बुधबार निधन भएको हो । जसको जानकारी अभिनेत्री हेमा मालिनीले आफ्नो इष्टाग्राममार्फत दिएकी हुन् ।

    उनले कनकको साथ आफ्नो तस्बिर शेयर गर्दै निधनप्रति शोक समेत व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘शास्त्रीय नृत्य क्षेत्रको एक महान युगको अन्त भएको छ ।’

    रेले मोहिनी अट्टयम नृत्यमा पारंगत थिइन् । उनले यो नृत्यबाट देश तथा विदेशमा पहिचान बनाएकी छन् । क्लासिक डान्सको क्षेत्रमा उनले एउटा क्रान्ति ल्याएकी छन् ।

    क्लासिकल डान्सरको अलवा उनी राम्रो कोरियोग्राफर समेत हुन् । उनी नृत्यको अलवा अनुहारको एक्सप्रेशनबाट पनि दर्शकको मन जित्ने गर्थिन् ।

    यही कारण उनी भारतको मोहिनी अट्टयम नृत्यको नम्बर वान नृत्याङगना बनेकी हुन् । उनलाई भारत सरकारले पद्यश्री र पद्यभुषण जस्ता उच्च सम्मान समेत प्रदान गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ