News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

475
SHARES


काठमाडौँ। मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज(बुधबार) अन्तिम दिन हो । कम्पनीले फागुन ४ गते सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५ सय कित्ता आईपीओ जारी गरेको हो ।

सो सेयरमध्ये २ लाख ७२ हजार ८ सय ५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यसैगरी ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र बाँकी २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सर्वसाधारानले आवेदन दिन पाउने भएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया