काठमाडौँ। नेपाली चलचित्रका निर्देशक सुदर्शन थापालाई पुत्र लाभ भएको छ । सुदर्शन थापा र सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालले पहिलो सन्तानको रुपमा पुत्र भएको हो ।
हिजो पुरानो बानेश्वरस्थीत फ्रन्टलाइन अस्पतालमा सुप्रियाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । सुप्रिया र सुदर्शनले एक वर्ष अघि विवाह गरेका थिए ।
विवाहअघि उनीहरु केही वर्ष प्रेम सम्बन्धमा थिए । निर्देशक थापाले निर्देशन गरेका ‘मेरो एउटा साथी छ’ ‘रामकहानी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘सम्हालिन्छ कहिले मन’ लगायतका फिल्मले आम दर्शकको मन जित्न सफल भएको थियो ।
प्रतिक्रिया