• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत

    ‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

    1.6K
    SHARES

    काठमाडौँ। जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ओ.एस.आर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो ।

    रायमाझीको रचना तथा संगित रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ । त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन,मुर्चुङ्गामा हिरण राई,मादलमा पोषण घर्ती मगर,बाँसुरीमा रत्न विश्वकर्मा र सारङ्गीमा धर्म गन्धर्व रहेका छन् ।

    मल्लाज प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा-निर्देशन केदार श्रेष्ठले गरेका छन् भने कार्यकारी निर्मातामा भानुभक्त थापा रहेका छन् । स्वयम मास्के मानन्धरको छायांकन रहेको छ भने सम्पादन प्रतिक सिंले गरेका हुन् ।

    म्युजिक भिडियोमा सुरज पण्डित,सबिना गोपाली,सेबिता अधिकारी,शंकर भण्डारी,शक्ति राई,रेजिना बस्नेत,होम बहादुर आचार्य,अदिति आचार्य लगायतको अभिनय रहेको छ ।

    विशेष गरी म्युजिक भिडियोमा देशमा भएका बेथितिले गर्दा लाखौँ युवाहरु रोजगारीकै लागि विदेशिनु पर्ने अहिलेको अवस्था रहेको यथार्थलाई प्रस्तुत गरेको छ भने  विदेशमा पलायन भएका युवाहरुलाई नेपालमै आएर यहाँ भइरहेका बेथितिहरु विरुद्ध आवाज उठाउन आह्वान समेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ