• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मनोरञ्जन

    जब आफ्नै फिल्म हेरेर रोए प्रियंका र शिल्पा…

    2K
    SHARES



    काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्के आफ्नै फिल्म ‘फूलबारी’ हेरेर रोएका छन् । बिहीबार आयोजित फिल्मको प्रिमिएरमा उनीहरु फिल्म हेरेर रोएका हुन् ।

    प्रिमिएरपछि पत्रकारसँग कुरागर्दै प्रियंकाले फिल्मको कथा आफ्नो घरको कथा समेत रहेको भन्दै आँसु झरेको बताइन् । उनले आफू अक्सर फिल्म हेरेर नरुने तर्क गर्दै यो फिल्मको विषयवस्तुले मन छोएको धारणा राखिन् ।

    त्यस्तै फिल्म हेरेर निस्किदा अभिनेत्री शिल्पा मास्केको आँखा पनि रसाए । फिल्मको कथावस्तु र भावनाले छोएर आँसु झरेको पत्तै नपाएको शिल्पाले बताइन् ।

    हुन त आफ्नो फिल्म हेरेर रुने अभिनेत्री प्रियंका र शिल्पा मात्र कहाँ हो र । केही अगाडि आफ्नै फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेरेर अभिनेत्री पूजा शर्मा पनि रोएकी थिइन् । उक्त समय धेरैले उनलाई फिल्म चलाउने फन्डा भनेर आलोचना समेत गरे ।

    प्रियंका र शिल्पालाई अहिले सामाजिक संजालमा ट्रोल गर्न थालिएको छ । प्रियंका रोएको बिषयमा कतिपयले सामाजिक संजालमा लेखेका छन्, ‘मिडियाको अगाडि रुँदै गरेको अभिनय पर्दामा पनि गरिदिए कति राम्रो हुन्थ्यो ।’

    कलाकार फिल्मको कार्यक्रममा रोए भने फिल्मलाई फाइदा हुन्छ भनेर धेरैले बुझ्ने गरेका छन् । तर आफ्नो फिल्म हेरेर कलाकार रुन्छन् भने धेरैले ट्रोल गर्छन् ।

    रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलको फिल्ममा अभिनय रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया