• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    सुरक्षा पन्त र मानव सुवेदीले फागुन २५ गते विवाह गर्दै

    4.3K
    SHARES



    काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

    ‘अन्तराल’ डेब्यु अभिनेताले विवाहबारे पुष्टि गरेका हुन् । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारीमा रहेका छन् ।

    ‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।’ सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

    पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् ।

    ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ