• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    अभिनेत्री आशा खड्काले गरिन् सागर गौतमसँग विवाह

    2.7K
    SHARES



    काठमाडौँ । पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् ।

    खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।   केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी छन् ।

    भिडियो सन्देशमा उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु ।

    मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ