• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    हिरासतबाट छुटेपछि पवन खतिवडाको आक्रोश- ‘मैले जाँड खाएर कस्को टाउँको फुटाए रे ?’

    616
    SHARES


    काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफू पक्राउ परेको विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरे ।

    बुधबार हिरासतबाट छुटेका उनले आफूले जाँड खाएर झगडा गरि कसैको टाउँको फुटाएको भन्दै आएको समाचारप्रति के आधारमा समाचार लेखियो भन्दै कडा प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्, ‘मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे ?? कस्ले दियो प्रमाण ? म घटना भाको स्थानमा भएको कारण प्रहरीले अनुसन्धान गर्न लागेको हो।। उनीहरु साथी साथी झगडा गरेका हुन।। के हो पत्रकारिता ??’

    सोध्दै नसोधी जे मन लाग्छ त्यहिँ लेखिदिने भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘नसोधी जे मन लाग्छ त्यही लेखिदिने ?? यो समाचारको आधार के हो ??’

    साथै, आफूलै जीवनमा कसैसँग अंगभंग हुने गरि झगडा नगरेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन।। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने ?? टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ??’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ