• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

कलाकार पवन खतिवडा ‘म्याकुरी’ रिहा

3.6K
SHARES



काठमाडौँ। कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई छाडिएको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका-४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।

बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ । हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ