News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

माओवादी आन्दोलनका सबै धारलाई एकतामा आउन प्रचण्डको अपिल

366
SHARES


काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन अपिल गरेका छन् ।

आज सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय परिस डाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन आग्रह गरेका हुन् ।

‘विभिन्न धाराका समूहहरूलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपिल गर्न चाहन्छु,’ उनले भने, ‘हामीले अब फेरि एक पटक नयाँ संकल्पसहित अघि जानुछ ।

माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकतावद्ध भएर सामाजिक न्याय र रूपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु ।’

माओवादी आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै छिट्टै एउटा समाजवादी मोर्चा निर्माणमा आउने उनको विश्वास छ । ‘केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् ।

मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ,’ उनले भने, ‘त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ ।

कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिट्टै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया