• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    पल शाह देख्दा शाहरुख खान जस्तै लाग्छ : पूजा शर्मा

    1.7K
    SHARES



    काठमाडौं । अभिनेता पल शाहसँग पूजा शर्माको निकटता सबैलाई थाहा भएकै कुरा हो । केही फिल्ममा यी दुईको जोडी हिट पनि भएको छ । जबर्जस्ती करणीको मुद्दामा पल पक्राउ पर्दा पूजाले आँसु पनि बगाएकी थिइन् ।

    यतिबेला पललाई लिएर पूजाले पुनः टिप्पणी गर्दै पलबिना फिल्म उद्योग नै खल्लो लागिरहेको बताएकी छन् । पल र पूजाले सँगै अभिनय गरेको एक गीत समावेश फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उक्त फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

    फिल्म हेरिसकेपछि पूजा मिडियासामु पललाई लिएर केही भावुक सुनिइन् । पल बिना आफूलाई नरमाइलो लागिरहेको उनको भनाई छ । पलजस्तो कलाकार पाउन मुस्किल रहेको उनको दावी थियो ।

    बोल्दै गर्दा पूजाले बलिउड अभिनेता शाहरुख खानको नाम पनि लिइन् । पूजा शाहरुखकी फ्यान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै हो । शाहरुखको फिल्म ‘पठान’ रिलिज हुँदा हल पुगेर उनले केक समेत काटेकी थिइन् ।

    पललाई देख्दा पनि शाहरुख नै लाग्ने भन्दै उनले प्रशंसा गरिन् । शाहरुखलाई आफूले भगवान मान्ने बताउँदै पूजाले उनलाई नै हेरेर फिल्म करिअरमा आउने निर्णय समेत गरेको बताइन् । विशेष शोमा अभिनेता पुष्प खड्का पनि उपस्थित थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ