• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो : मदनकृष्ण श्रेष्ठ

    1.2K
    SHARES

    काठमाण्डाै। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताए ।

    बिहीवार काठमाण्डाैमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले यस्तो बताएका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण उहाँ कार्यक्रममा सहभागी बन्न सकेन ।

    प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आशन ग्रहण गराएको थियो ।

    त्यही विषयलाई लिएर श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताए ।

    उनले, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ प्रमुख अतिथिको कुर्सीमा । पुरस्कार पाएजस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया