News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन

जब प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ बसे….

1.8K
SHARES


काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रुपमा बोलाइएपनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सकेनन् ।

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो ।

सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताए । उनले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताए ।

उनले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा । पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो । रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ का.मुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज का.मु. मात्रै भएँ । का.मु. भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ ।’

सो अवसरमा उनले एउटै इच्छा छ, तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया