• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ऋण तिर्न नसक्दा आत्महत्या

    2K
    SHARES



    काठमाडौं । सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए ।

    सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे । परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा तनावमा थिए ।

    यस्तै, विराटनगरमा एक व्यवसायी मृत अवस्थामा भेटिएका छन् । विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका मोहनप्रसाद न्यौपाने मृत भेटिएका हुन् ।

    न्यौपाने बुधबार बिहान विराटनगर महानगरपालिका ३ स्थित आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । ‘न्यौपाने आफ्नै घरको बाथरुममा ‘पासो’ लगाएको अवस्थामा फेला परेका हुन्’, एक प्रहरीले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिएको छ, थप अनुसन्धान गर्दै छौँ ।’

    यता न्यौपानेको पारिवारिक स्रोतले भने व्यवसाय गर्दा लागेको ऋणका कारण उनले आत्महत्या गरेको बताएको छ । उनी मृत भेटिएको ठाउँमा ‘सुसाइट नोट’समेत फेला परेको छ ।

    परिवारको सम्पूर्ण सदस्यलाई सम्बोधन गरी लेखिएको उक्त नोटमा उनले आफु बाँच्न लायक नभएको उल्लेख गरेको पारिवारिक स्रोतले बताएको छ ।

    उक्त ‘सुसाइट नोट’मा न्यौपानले बैंकमा एक करोड ४५ लाख रपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । ऋणको बोझ थुप्रिदा व्यवहार बिग्रेपछि उनले देहत्याग गरको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाबारे आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ