• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माओवादी एकताका लागि कृष्णबहादुर महराको दौडधुप

    1.6K
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गत पुष २३ गते बृहत वाम एकताका लागि भन्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्यो । जुनसमितिमा पार्टी महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् ।

    त्यसपछि वार्ता टोलीको पहिलो बैठकले बृहत वाम एकता गर्न सकिने पार्टीहरुको आफूहरुले सूची तयार गरेको र छलफल गरिने संयोजक महाराले बताए । उनले एकताका लागि पहिले डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी र माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पहल थाल्ने बताएका थिए ।

    भट्टराईले चुनावपछि पार्टी एकता गर्ने माओवादी केन्द्रसँगको सहमति अनुसार माओवादीकै चुनाव चिन्हलिएर निर्वाचनमा होमिएको थिएभने भट्टराई आफूले निरन्तर चुनवा जित्दै आएको क्षेत्रपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेका थिए ।

    भट्टराईले पार्टी एकताका लागि माओवादी केन्द्रको नाम नै परिवर्तनगरी समाजवादी केन्द्र बनाउनुपर्ने बाताउँने गरेका छन्। पार्टी एकताको विषयमा भट्टराई र अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा वार्ता भइसकेका छनभने दुईटै पार्टीले कार्यदलपनि बनाइसकेका छन् । चाँडै नै पार्टी एकता हुने दुवै पार्टीका नेताहरुले बताइरहेका छन् ।

    यस्तै एकीकृत समाजवादीसँग तत्काल पार्टी एकताको सम्भावना न्यून देखेपछि संयोजक महरा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् ।

    महरा विप्लवसँग पार्टी एकताको लागि प्रस्ताव गर्न कपिलवस्तु गएको र जवाफमा विप्लवले माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकमा आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल गर्ने जवाफ दिएको महरा निकट एक नेताले बताएका छन् ।

    यस्तै महराले केही दिनमा नै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र मोहन वैध नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लगायतका अन्यदलहरुसँग पनि पार्टी एकताका लागि वार्ता गर्ने तयारी रहेको उनी निकट एक नेताले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया